गजल-५९

कवि

रमेश सायन

आगो भित्र देश जलेको कथा कस्लाई भन्नू ?
आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नू ?

यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा,
पैतला भासिदै ढलेको कथा कस्लाई भन्नू ?

अब सिराने बाटै सपना खोसि लगे पछि,
आशा मरी आत्मा गलेको कथा कस्लाई भन्नू ?

न पारी पुग्ने बाटो छ, न वारी फर्कने आशा,
छाल वीचमा डुङ्गा चलेको कथा कस्लाई भन्नू ?

जता ततै ढाडमा टेकी शिरमा पुग्नेहरु छन्,
पैतलाले जनता दलेको कथा कस्लाई भन्नू ?

शनिश्चरे ७, मोरगं

Leave a Reply

Your email address will not be published. Required fields are marked *