गजल-६१

नारायण न्यौपाने / अरिजोना, अमेरिका

हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे
एकान्तमा बसी तिमी मेरै तस्बिर  चुम्छौ अरे ।

मेरो सामु आई  तिम्ले पहिले किन नभनेको ?
लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ अरे ।

जे नहुनु भइसक्यो अब किन पछुताउँछौ
मेरै नाम जप्दै तिमी पागल जस्तै हुन्छौ अरे ।

अब सबै बेकार छ यस्तो कुरा सोच्नु पनि
कल्पनाको सुन्दर संसार तिम्रो मेरो बुन्छौ अरे।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *