गजल २५८

डोम काफ्ले-अष्ट्रेलिया

 

गजलकार
गजलकार

पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु

सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु

 

खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ

चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू

 

बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो

समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू

 

संघर्षको उपवनमा गुलाब, बेली र चमेली

सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू

 

किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै

आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू

 

बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू

साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *