गजल-३०६

मायामितु न्यौपाने-नेपाल        Maya Neopaney

 

हामीलाई छुटाउन, संसारको वशमा छैन,

हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।

 

जसले जति चाहे पनि, सोचे पनि खोजे पनि,

बैगुनीलाई गुनले मार्नु, उपकारको वशमा छैन ।

 

बरु भौतिक शरीरलाई, टुक्रा टुक्रा पार्न सक्छ,

संकल्पको हत्या गर्न, तरबारको वशमा छैन ।

 

दृढ इच्छा शक्ति साथै, पाखुरीको खाँचो हुन्छ,

स्वप्न सत्य गर्न मात्र, विचारको वशमा छैन ।

 

हिँड्दै जाँदा लक्ष्यमा पुग्न त्यति गारो छैन,

इतिहास आफैं बोल्छ, अखबारको वशमा छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *