गजल ३२५

नवीन प्रभात-क्यानाडा   Navin Pravat

कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ ,

घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ ।

दिन रातको तनावले पागल सरह हुनु भन्दा ,
जट्टा पाली ‘भोला’ भन्दै खरानी घसौं जस्तो लग्छ ।

आइ रहन्छन् बोझहरु बाडौं भन्दा साथ् छैन,
त्यसैले त भिरबाट आफैं खसौं जस्तो लाग्छ ।

समस्याको पोकोले, सुन्दर शरीर कुरुप हुँदा
वाक्क भई ‘डोरीले गला कसौं’ जस्तो लाग्छ ।

हिम्मत राख सबै ठिक हुन्छ भन्छ दुनियाँ,
सकिन सोच्न र त कतै फसौं जस्तो लाग्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *