गजल-४१२

परमा अधिकारी (कान्छा)
पेन्सिल्भेनिया, अमेरीका

 

आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा
मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा ।

साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर
कुलको इष्टदेवलाई पूजोस दुई-चार घण्टा ।

संसारभरका सारा खबर मेरो छोरो घरमै बसी
सानो  रेडियो  बटारेर  सुनोस् दुई-चार घण्टा ।

रक्तचाप र चिनी रोग आफैँ आफैँ निको पार्न
चाँडो उठी  झिस्मीसेमा कुदोस् दुई-चार घण्टा ।

धेरै भयो विदेशमा एक्लै रात कटाएको
आज भेट भएको छ चुमोस् दुई-चार घण्टा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *