गजल-४२०
टेक भण्डारी
अस्ट्रलिया
भाषा धर्म संहिता उस्तै फेरि किन भेदभाव भयो
खुन उस्तै पसिना उस्तै, फेरि किन भेदभाव भयो।
तिमी नेपाली म भूटानी हरेक पहिचान उस्तै थियो
गुन्यु चोली फरिया उस्तै, फेरि किन भेदभाव भयो।
जन्म कर्म मृत्यु उस्तै, पाठपुजा भगवान उस्तै
दशैं तिहार भाइटिका उस्तै, फेरि किन भेदभाव भयो।
लिङ्गे पिङ देउसी भैलो तिजका भाका सबै उस्तै
हिमाल पहाड सुकिला उस्तै, फेरि किन भेदभाव भयो।