गीत

भूमिका दुलाल (अधिकारी), यूटाह-अमेरिका

गीतकार
गीतकार

यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला,
छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला

हिमपातमा पनि पग्लिन्छ मन, स्वयंको खुशी बेचिएको बेला,
उभिनै गाह्रो पर्दो हो कति, पल-पलमा बिस्वाश गुमेको बेला !

थोपा थोपासरी झरेर जीवन सुक्दछ कलेजो जलेको बेला
बगरको बालुवासरी बगेर जान्छ, सोचाइको भेल उर्लेको बेला !
तेरो न मेरो बन्दछ शरीर मुटुले धड्कीन छोडेपछि,
हाँसेरै बाँचौ दुईदिने जीवन्, दुई घडी फुर्सद मिलेको बेला !

यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला,
छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *