गीत

भानु ढुङाना
क्यानाडा

नक्कली हाँसो, हाँस्दै छन्
नक्कली पहिरन गाँस्दै छन्।

मै भएँ आज हैरान
खोइ हाम्रो सभ्यता पहिरन ?

खोइ ढाका टोपी ?
खोइ कालो कोट ?
खोइ टोपी लाएको ?

खोइ साडी चोली ?
खोइ चुरा पोते ?
खोइ सिउँदो सिँदुर ?
न त रातो रिबन
न त नै झलमल !

यो सारा गुम्दा
अचम्म लाग्छ
मै भएँ हैरान,
ए नी लै लै भएँ नि हैरान !

चौबन्धी चोली
फरिया साडी
मनोहर मजेत्रो,
भुलेको देख्दा
अचम्म लाग्छ
मै भएँ हैरान ।

ओठको हाँसो
गालाको लाली
झर्दैन बेलाको
सम्झना आउँछ
सुसेली गीत
गाऊँ घर मेलाको

के भनौं अहिले
के थियो पहिले
गाऊँ घर मेलाको !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *