गीत

यतिराज अजनबी
एड्किलेड, अष्ट्रलिया

किताब बोकी चउरतिर सधैं पढ्न जाइन्थ्यो
हिसाब नमिल्दा आँखामा आँखा सहजै मिलाइन्थ्यो
मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो
बिगारेर विपना सबै खालि खाली सपना सजाइन्थ्यो

एउटै पानामा हामी दुई हुन्थ्यौं घण्टौं घण्टा
पल्टिन्थ्यो दिलको पाना किताब पल्टिनुको सट्टा
मयुरको प्वाँख अझै पनि छ जो फाटक लाइन्थ्यो
मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो
बिगारेर विपना सबै खालि खाली सपना सजाइन्थ्यो

किताबभन्दा पनि बढी पढिएछ एकले अर्कालाई
दुवै मिली पढिंदैछ आजभोलि जिन्दगीलाई
जति प्रयास गरे पनि जाँचमा हामी फेल खाइन्थ्यो
मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो
बिगारेर विपना सबै खालि खाली सपना सजाइन्थ्यो

एल्बमः अजनबी
संगीतः हरि लमसाल
गायनः हरि लमसाल, अञ्जु पन्त

गीत सुन्न यहाँ थिच्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *