गीत

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका

लाखौँमा एक छ,सम्बन्ध हाम्रो, कसरी भनौँ म।
आकाशका तारा,औँलामा राखी, कसरी गनौँ म।।

हुर्केको बैँस, ओइली गयो, कसरी बचाऊँ म।
फाटेको मन,मायाले अब, कसरी सिलाऊँ म।।

प्रेम गङ्गा, उनैको तनमा, कसरी बगाऊँ म ।
फूलेको फूल, कठोर हातले, कसरी लिऊँ म।।

बिहानी घाम,आसाको किरण, कसरी भनौँ म।
जोबन ढल्यो,जवानीको प्याला, कसरी भरौँ म।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *