चार हाइकु

सञ्चमान खालिङ/ पीए, अमेरिका

आरुका फूल
चैत वैशाखे हुरी
विवश धर्ती !

गोधुली साँझ
उर्लंदो ज्वार भाटा
पुरानो डुंगा !

धनी शहर
गरीब मानवता
बाँचेको युग !

भोको बालक
अँजुलीमा बालुवा
अन्तिम साँझ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *