चिनारी के छ ?

आर.पी.सुब्बा
अमेरिका

चिनारी के छ
देशको तिम्रो
सम्झना आइरहने ?

रित्तो छ गाउँ-घर
उदास छ जीवन
उजाड़ छ खेतबारी,
दुखेको घाउ
चर्केको मुटु
देशको चिनारी,
चिनारी के छ
देश को तिम्रो
सम्झना आइरहने ?

प्यारो छ बस्ती
प्यारो छ बगान,
त्यो ढुंगे चौतारी
सुन्तोला बरी,
अलैंची घारी
देशको चिनारी,
चिनारी के छ
देशको तिम्रो
सम्झना आइरहने ?

आलो छ घाउ
आलै छ दर्द
हृदय नै छिचोल्ने
यातनाका कुरा
सम्झना आउँदा
यो मनै पिरोल्ने !!
चिनारी के छ
देशको तिम्रो
सम्झना आइरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *