चिन्न नसक्ने म
-देवी पोखरेल, अष्ट्रेलिया
म, त्यही पुरानै परिचय खोजिरहने अवोध म आफ्नो परिचयलाई बेजोड नवीन रंगहरु भरी बदल्न खोज्ने अरूले पनि आफैँ जस्तै गरोस् भन्दै लोलो-पोतो घसेर पुराना हिसाव-किताव भुल्नेलाई, कहाँ चिन्न सक्छु र । म, परिवर्तनको दर्पणमा आफूलाई हेर्दै नहेरी फलानोको फोस्रो आडम्बर बिक्री गर्दै गतिशीलता र पृथकताको सिँढीमा निकै माथि उक्लेको गर्व गर्ने, अनि आधुनिकताको म्याराथनमा सबैलाई पछारेको भन्दै सिट्टी फुक्नेलाई कहाँ चिन्न सक्छु र ।। म, सुन्दरता र भौतिकताको सारथी बन्दै भेदभावको अत्तर छर्कने प्रविधिको काल्पनिक आयामलाई आफ्नो संसार ठान्दै मानवतामा अनुहार दाँजेर मोतिको सट्टा पत्थर रोज्नेलाई कहाँ चिन्न सक्छु र।।।