ढुङ्गाका मुर्तिहरु

टंक वयलकोटी / बेलडाँगी

ढुङ्गा । देउता
आथवा
देउता । ढुङ्गा
कसले भन्न सक्छ
ढुङ्गा देउता होइन
अनि
देउता ढुङ्गा होइन
मन्दिरमा ढुङ्गाका मूर्तिहरु पूजिन्छन्
देउता सम्झेर, देउता भनेर
ढुङ्गाको मूर्ति अगाडि
जो कोही पनि नतमस्तक भएर
एकछिन प्रार्थना हेतु रोकिन्छन्
मूर्ति अगाडि अचानक मनहरु
बिस्तारै पग्लिन्छन् – आस्थाका कणहरु भएर
तप्प तप्प तप्किन्छन् – विश्वासका थोपाहरु भएर
आत्मा – मन – शरीर एकाग्र भएर
ढुङ्गाको मूर्ति अगाडि झुक्नुको अर्थ
ढुङ्गा देउता हुनैपर्छ
अनि
देउता ढुङ्गा हुनैपर्छ
नभए किन पूजिन्छन् – ढुङ्गाका मुर्तिहरु ?
यसरी खण्डन हुनुहुँदैन
ढुङ्गा र देउता अनि देउता र ढुङ्गाबीच
ढुङ्गा देउता नहुँदो हो त
मन्दिरहरुमा सजाइने थिएनन् – ढुङ्गाका मूर्तिहरु
रङ्गी – बिरङ्गी फूलहरु चढाइने थिएनन् – मन्दिहरुमा
मनोकामना पूरा हुने अभिलाशाहरु
कसरी पनि बाँच्ने थिएनन् – मनहरुमा ।

2 Replies to “ढुङ्गाका मुर्तिहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *