तिमी

आर पी सुब्बा
अमेरिका

काश ! यथार्थ फेरि सामु तेर्सिन्छ
कल्पनाको स्वतन्त्र संसार
त्यहीँ खुम्चिन्छ
समुद्री छालले सपना पखाल्छ
दोसागरमा  पुगेर
जीवन आफैँ अड्किन्छ
लाजले रातिएको गाला
एक आचरणहीन अनुहार
ऐनामा मजबुत छ
आफ्नै प्रतिबिम्ब
आफैँलाई घृणा गर्छ
घरमा प्रतिक्षा गरिरहेकी
आफ्नो श्रीमतीलाई सम्झेर
आत्मग्लानि, अनुभूति हुन्छ
उसको “आइ लभ यु डार्लिंग”
शब्दवाण भएर आत्मा कैद गर्छ !!
एकछिन हृदयमा तिर जाकिन्छ
विचार खिन्न हुन्छ
प्रश्न रोपिन्छ मनमा
कौतुहल जग्छ छातीमा
आफ्नी सत्यदेवी जस्ती
पतिव्रता दुलाही सम्झेर
सुतेको नैतिकता थोरै ब्युँझन्छ !!

‘मोडर्न’ पुरुषको
आधुनिक विचार
परनारीसंग लठारिनु
‘पुरुसार्थ’को परिचय ठान्छ !!

मनलाई कसरी थाम्न सकिन्छ ?
फेरि धमिलो विचार दोहोरिन्छ
कल्पनाले घोडा चड्छ
रङ्गिन संसार सृजिन्छ
सपना शुरु हुन्छ
सिर्फ यसपल्ट —-
एउटा कागजको खोस्टा
यौवन तृप्त मोहिनी बन्छ
अनि वासनालिप्त नग्न सुन्दरी
स्वागतको इसारा गर्छ
सुमेरु  पर्वत सामु देखेर
ऊ एकपल्ट मुर्छा पर्छ
दोषी मन रुमलिन्छ
उमङ्ग थपिन्छ
समय पछाडि धकेलिन्छ
अस्तित्व थोरैबेर ओथारा  बस्छ
फेरि आदर्श भड्किन्छ
यौवन  घोहोरिन्छ
रोशनी धमिलिन्छ
एकछिन चरित्र अल्मलिन्छ  !!

ऊ कलमी हलो जोतिरहन्छ
वीर्य पातन होइन
सिर्फ कालो मसी
साधा पानामा लिपिन्छ
कल्पना जस्तै भताभुंग भएर
केवल शव्दहरु मात्र पोखिन्छन्
यसरी कल्पना कवि बन्छ
भावना कविता बन्छ
घायल प्रेमी सिर्जना बन्न थाल्छ
यहाँ एउटा कवि जन्मन्छ
ऊ कलम घोट्दै जान्छ
यसरी  ……..
तिमी रुपकी रानी हौ कि
सिर्फ मेरो आँखाको नानी
तिमी माया को खानी हौ कि
सिर्फ कमेरे पानी
तिमी भावनाको मूर्ति हौ कि
धतूरो, कानी
तिमी को हौ ?
तिमीलाई ….. चिन्नै गाह्रो भो !!

तिमी खुसियालीको भण्डार हौ कि
त्योभन्दा सानी
तिमी साँच्चै सम्वेदनशील हौ कि
सिर्फ हेर्नमा ज्ञानी
तिमी खुला आकाश हौ कि
सिर्फ एउटा प्रश्नको खानी
तिमी को हौ ?
तिमीलाई …… चिन्नै गाह्रो भो !!

तिमी कल्कलाउँदो झरना हौ कि
सिर्फ बैँसको खानी
तिमी  साँच्चै मायाको पोखरी हौ  कि
सिर्फ मुख मात्र दानी
तिमी मायालु  भाका हौ कि
सिर्फ  ख्याल  गर्ने  बानी
तिमी को हौ ?
तिमीलाई …. पाउनै साह्रो भो !!

2 Replies to “तिमी”

  1. buddha dhakal

    RP Dai,
    Of late you are entering to the poetic era. Have you cultivated this since your college days in Sherubtse?
    I like to imbibe more of your creation in this forum in the days to come. Ani Bhutani kavi haruko rastriya bhela kahile ra kaha hunechha, aasa garekochhu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *