तुर्सा नदी – छन्द कविता
श्याम खनाल
ओहायो, अमेरिका
छन्द: शार्दूलविक्रीडित
गण: म स ज स त त गुरु
ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽऽ। ऽऽ। ऽ
प्यारो लाग्छ मलाइ यो जगतमा टाढै पुगौँ ता पनि ।
नौलो देश विषे कतै पवन झैँ घुम्दै रहूँ ता पनि ।।
निद्राको सपना हुँदी नम सधैँ दौडी चली गै उहाँ ।
घुम्नेगर्द छ वारिपारि खुसि भै तुर्सा नदी छिन् जहाँ ।।१।।
छिन् माता धरणी त्यतै म पनि लौ हेर्दै बढे थेँ जसै ।
तुर्साको जब तीरको स्मरणले पग्लन्छ छाती यसै ।।
मेरो गाउँ मुनी विशाल जलकी तुर्सा नदी बग्द छीन् ।
पाऊ भारतमा खसालि कन फेर्तिब्बत् तकीया गरीन् ।।२।।
चीसो, नीर्मल, शान्तिको हिमजलै लीएर ती झर्द छीन् ।
लेकाली, अउले पहाड भरको जो कान्ति हो छर्द छीन् ।।
हा साम्छ्यु अनि नेछ्यु,पाछ्यु, बटुली लिन्छिन्सघाऊ अझै ।
क्रान्तीवेग छ शान्तिको जलभरी बग्छिन् छचल्का दिँदै ।।३।।
वारी, पारि चुचे पहाड, पहरा हेर्छन् तमासा कति ।
सुन्दर्शान्ति विशाल वाग, वनले घेर्छन् किनारा उती ।।
काहीँछन् ति अगम्यका त पहरा, सुन्दर्पखेरा कहीँ ।
वन्केरा, अनि बाँस, वृक्ष, लहरा लाग्दो रमीता कहीँ ।।४।।
गाऊँ, गोठ, किसानखेत भरिला बारी, बगैँचा, भरै।
काहीँ धान र कागुनी अनि मकै, कोदो, गहूँ, फापरै ।।
फल्छन् फेर् बडहर् र आँप, कटहर् अम्बक् रसीला फलै ।
सुन्तोला अनि कागती कति त खोल्सामा अलैँची भरै ।।५।।
तेस्तै छन् ति नदीकिनार भरिमा बाँजो कस्यानी भरी ।
गाऊँलाइ उछिन्न पो बगरमा खेती उमारे सरी ।।
सोभा रंग वशन्तमा वन विषे छर्छन् त वन्फूलले ।
वर्र्षाको ऋतु हाँस्छ साजसँगमा धोबी,भकिम्लो फुले ।।६।।
झन् वाशन्ति जताततै रुखभरी मग्मग् वनै-वन् भरी ।
वारी पारि सुवासना वनभरी सूनाखरीले गरी ।।
यस्तै स्वच्छ, सुरम्य , गाउँ, वनले पारी अलंकार्गरी ।
गर्जिन्छिन् ति पहाडले गड-गडाउँदै त ठक्कर्परी ।।७।।
कोही ठाउँ फराकिला बगरछन् भीरैकटी बीच भै ।
आफ्नोवेग छ तिब्रको गति गरी बग्छिन् त तुर्सा सधैँ ।।
मेरो गाउँ उनै नदी नजिकमा पहाडको काखमा ।
तुर्साको छ चिसोबतास पिउँदै झल्कीन्छ ऊद्यानमा ।।८।।
तुर्सा सामु महाँ अझै अरु कला भर्छन् कतीले तहाँ ।
पक्षी औ पशु वन् भरी रमि-रमी खेल्छन् नदी तीरमा ।।
वैशाखी दिनमा वशन्त ऋतुको आनन्द ता ले गरी ।
वारीपारि ति न्याउलीस्वरमिठो घन्काउँछन् वन् भरी ।।९।।
छेऊ-छाउ निकुन्जमा वन चरा छन् कोइली, काग है ।
कुर्ली नाच्छन ढुक्कुरै र कति उड्छन् गौँथली, चाँचरै ।।
साँच्चै मन्-मनलाग्छ, हुन्छ रमिता हेर्दै लगे सुन्दर ।
तुर्साको जलपान गर्नछ कठीन् चीसो अतिन्तै छर ।।१०।।
भर्लाग्दो बल पाइने शरिरमा रोगादि जाने अझ ।
तुर्साको जलले सुतृप्त नहुने भूटानमा को छर ।।
उक्कालो र भिरै समाति हिँडँदै गड्तीरमा मानिसै ।
बोकी ढाकरमा त भारि जनले गर्थे बजारै सबै ।।११।।