त्यही हुन्छ है ब्रह्मा
इन्द्र प्रकाश खवास
अमेरिका
अमेरिका
परी बनी तिमी डुल्छौ आफैँ देखी भई टाढा,
तिम्रो आत्मा देखी आफैँ नमान है डाढ ।
छालाको यो जिन्दगीलाई मनको बसमा पार,
तिमी त्यसको नलेऊ सधैँ आफ्नो भनी सहारा ।
यो जीवनमा के छ त्यसलाई चिन्ने प्रयास गर ,
जीवनलाई छाडी जानु छ है धेरै पर–पर ।
नेत्र हाम्रो तिन वटा छन् एक नेत्र छ बन्द ,
तिम्रो मुटु नदुखोस् है तनको कुरा भन्दा !
त्रिवेणीको अमृतलाई सधैँ पिउने गर ,
जागृतिमा मिल्दछ छ है त्यसलाई खोज्ने गर ।
नभुल है दाज्यू भाइ आफ्नो नित्य कर्म,
पर उपकार जसले गर्छ त्यही हुन्छ है ब्रह्मा ।