त्रसित मान्छे
विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल
मान्छे विध्वंसको पर्यावरण आफैं रच्दैछ
विनासका बीचमा उत्क्रमणको हाँसो हासेर
जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ ।
मान्छेले नै कोरेका भौगोलिक रेखामा
अनेकन् रङ्ग, जाति, वर्ण, धर्म र लिङ्गमा
खण्डित भएर पनि मान्छे विनासको बटन
दबाएर विष्फोटनमा उडाउन पछि पर्दैन
शून्यतावोध, एक्लोपन र निराशाको सन्नाटाले गस्रित मान्छे
भव्य महलभित्र त्रास र असुरक्षामा बाँचिरहेका छन् ।
सामाजिक मूल्यको सम्मानमा दिनप्रतिदिन गिरावटले
अराजक र उन्मत्त बनी हिँड्नेले सडक तताएका छन् ।
नव अभिजातहरूमा आएको दुश्चरित्रताले
आज प्रत्येक झुपडीमा सर्वसत्तावाद बनेर
विवेकहीन बाँदरहरूबाट थाङ्ग्राबाट मकैका झुत्ताहरू
हराउन थालेका छन् ।
विवेक हराएको मेरो देशमा दण्डहीनता मौलाएका छन्
प्रत्येक सोझासिधा नागरिक मानसिक आघातले बौलाएका छन् ।