त्रिसन्ध्या

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ
लालीपूर्व उदाउँदा हिमालय हाँस्छ,
भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ
बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ ।

मध्यान्हमा प्रखरता कता गयो शान्ति
तातिएको, लोक सबै जता ततै क्रान्ति,
आफ्नो कि यो बिरानो हो चिना जानी छैन
आफैलाई बिर्साई दिने मध्यान्हको सन्ध्या ।

मलिनता, मधुरता, अन्धकार सामुन्ने
आकाश पाताल नदेख्ने गरी ढाक्यो कता छाम्ने,
यो साँझले गुड विहीन बचेराको विल्ली
दोधारको नदी जस्तो पायो चिल्ली विल्ली ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *