दरिद्र द्रब्य

भानु ढुंगाना
क्यानाडा

छ थोरै अझै होस् पुरागर्न मैले
उठाऔँ मलाई भएकै छ जैले।
पुगेको छ कस्को र लोभी मनै यो
दया छैन बाँडौँ नराम्रो धनै यो।

हजारौँ कमाई हुँदा लाख फेरी
थिए मित्र मेरा भए सत्रु डेरी
छ यो तुच्छ पैसा सबैको छ दावा
न खाई नलाई मलाई छ धावा।

न छोरा अगाडी मिले मूल हेरी
छ माता पिताकै बनी सत्रु फेरी
दिनै पर्छ पैसा यहाँ काल होला
यसै धाक मारी लियो दुष्ट चोला ।

छ द्रब्यै नराम्रो भयो आज काल
म गर्दै छु ऐले उही मिल्छ हाल
नसोची म ऐले धकेल्दै छु सारा
छ भोली मलाई नमिल्ने सहारा।

भुजङ्गप्रयात छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *