दरिद्र द्रब्य

भानु ढुंगाना
क्यानाडा

छ थोरै अझै होस् पुरागर्न मैले
उठाऔँ मलाई भएकै छ जैले।
पुगेको छ कस्को र लोभी मनै यो
दया छैन बाँडौँ नराम्रो धनै यो।।

हजारौँ कमाई हुँदा लाख फेरी
थिए मित्र मेरा भए सत्रु हेरी
छ यो तुच्छ पैसा सबैको छ दावा
न खाई नलाई मलाई छ धावा।।

न छोरा अगाडी मिले मूल हेरी
छ माता पिताकै बनी सत्रु फेरी
दिनै पर्छ पैसा यहाँ काल होला
यसै धाक मारी लियो दुष्ट चोला

छ द्रब्यै नराम्रो भयो आज काल
म गर्दै छु ऐले उही मिल्छ हाल
नसोची म ऐले धकेल्दै छु सारा
छ भोली मलाई यही हुन्छ पारा।।

भुजङ्गप्रयात छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *