दुर्गा रिमाल भूगोलको नासो लिएर आउँदै

Bhugolko nasoअष्ट्रेलियाको अल्बुरीमा स्थाइ बसोबास गर्ने भूटानी गजलकार दुर्गा रिमालको  गजलकृति  “भूगोलको नासो” प्रकाशित भएको छ । रोबी फ़ाउन्डेशन आस्ट्रेलियले प्रकाशन गरेको उक्त कृतिको बजार ब्यबस्थापन साहित्य परिषद भूटानले गरकोछ । यस कृतिमा विशेष गरी देश प्रेम र समसामयिक विषयमा लेखिएका गजलहरू समावेश छन्।

गजलकार रिमाल बिगत एक दशकदेखि भूटानी-नेपाली साहित्यमा सक्रिय छन् । रिमालले “अमर स्पन्दन स्मारिका” र प्रकाशोमुख संयुक्त गजल संग्रह “दबाइएका आवाजहरू” को सम्पादन गरका छन् । लेखकका अनुसार यो संग्रहबाट प्राप्त रकमबाट विषेश असाय र अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग गरिने लक्ष्य रहेकोछ।

Bhutaneseliterature.com गजलकार दुर्गा रिमालको उज्वल साहित्यिक भविष्यको कामना गर्दछ।

सङ्ग्रहबाट उदृत एउटा गजल:

आगो छोए आगै घातक पानी छोए पानी
सबै भन्दा घातक भयो आफ्नै जीन्दगानी

भन्छन् सबै हाँस्नु पर्छ हाँस्नै खाज्छु म पनि
हाँसौ भन्यो देशकै याद आउँछ हर बिहानी

जति भुल्न खोजे पनि सकिएन भुल्न माटो
लाग्छ जीवन काँडै काँडा छैन फुलको खानी

आउँछ काल युद्ध गर्छ नसकेर फर्की जान्छ
जीवन जीउँन कति साह्रो हुन्छ आना-कानी

दुःख रोपी पुरपुरामा बाचेकै छु आज पनि
के नै छ र बाकी अझ दिन्छ चोट छानी-छानी
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *