दुर्घटना
खेम रिजाल
ओहायो, अमेरिका
नि सन्देह त्यो दिन एक औपचारिक अवसर थियो । त्यसैले मैले सबैभन्दा राम्रो सुट लगाएँ । सांस्कृतिक कार्यक्रमको विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नु थियो । फ्रिजको ओरेन्जजूस गिलासमा राखेँ र ओटमिल्कलाई माइक्रोह्वेब गरेँ ।
जागिर जानु त छैन तर, एक हप्तादेखिका काम थाती नै थिए । ब्रेकफास्ट खादै थिएँ, एक्कासि मेरो आइफोनमा मेसेज आयो ! “कृपया मलाई मदत गर्नुहोस् ।” एकदम ठुला शब्दावलीहरूले मलाई चिन्तित गराए । त्यसैले तुरुन्तै उत्तर दिइनँ । केही मिनेटपछि मैले अझै अर्को खबर प्राप्त गरे, यो समय मेरो साथीको बुवाबाट ।
घरबाट बाहिर निस्किएँ र सरासर गाडी लिएर दिएको ठेगानामा पुगेँ । यो चिन्ताजनक समयमा मैले कार्यक्रममा रोकिनु अघि नै एक चौथाइको बाटो बनाएँ ।
“ठुलो कार दुर्घटना भएकोले मुख्य सडक बन्द छ”, प्रहरीले भन्नुभयो । मेरो सामाजिक अनुरोधलाई वर्दीवालाहरुले सुने र भित्र जाने अनुमति मिल्यो । कसोकसो गर्दै भीडबाट छिरेर म घटनास्थल पुगेँ । जब त्यहाँ पुगेँ, कारका अवशेषहरू मेरा आँखाले समात्नै सकेनन् । गाडी आगोले खाँदै थियो ! उता अचेत अवस्थामा सडक बिचमा तेर्सिएको साथी बेग्लै आकारमा देखिन्थ्यो । म डराएको थिएँ । मैले उसको मृत्युको अनुमानित समय सोधेँ ? बिहानको ९ बजेर ५५ मिनेटमा मेट्रो रेलको ठक्करबाट भएको रहेछ !