देश विहीन

इन्द्रप्रकाश खवास
अमेरिका

अहो! कोपिलाको भावमा
धेरै आस्थाहरू साँचेको थियौँ
त्यी अनुभावहरूमा हामीले धेरै
कोपिलाहरू गुथेको थियौँ।

हामीलाई थाहा थियो
माला मालाहरू गुथेर
देशमा सानो राम्रो चिटिक्क
परेको रहर उर्ताछौं भनेका थियौँ।
को नि किन हो आज हामी
देश विहीन भएका छौं ,
तर ? थाहा छ,अचेल हामी
तिम्रो भएका छौ ।

हामीलाई जति सक्तो सताउने गर
पिरले बाँच्न नदेऊ हाम्रा अभिलाषालाई
हतोत्साह पार ती हाम्रा पुर्खाका
रगत पसिनाले मुछिएको माटोको कथा
कोर्न प्रयास गरेको छौं।

को नि किनी हो आज हामी
देश विहीन भएका छौं ।
तर ? थाहा छ ,अचेल हामी
तिम्रो भएका छौं।

हामीलाई स्वतन्त्र बाँच्न नदेऊ
खुला अकासलाई बन्द गर
ती हाम्रा विस्मृतिका भावनाहरूलाई
समेटिन नदेऊ
हामीले तिमीलाई निर्देशक हेरेको छौं,
घाँटीमा डोरी बेरका छौं,
को नि किनी हो आज हामी
देश विहीन भएका छौं ।

तर? थाहा छ,अचेल हामी
तिम्रो भएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *