नाद:

मदन दुलाल
अमेरिका

[ विषाद…. विस्मय…. चिच्याहट]

….. असह्य चित्कार

…… आर्तनाद

कोष्ठकमा हिंसा/प्रतिहिंसा

[ संक्षिप्त पूर्व कथा ]

————————————

निस्तब्ध अकाशगंगाबाट

[ निस्सार साररहित सन्नाटा ] – को व्याप्तता चिर्दै

अचानक विस्फोटक आवाज आउँछ

र भन्छ

विद्रोह बोल् द्रौपदी ! विद्रोह

किन गिडगिडाउँछेस्

मृत प्रायः

संवेदनाविहीन गिँडहरूको सम्मुख हँ ?

तैँले छैन कदापि छैन गिडगिँडाउनु-

यो बुझ्

उठ्,

जाग् र समा बन्दुक र भिर धारिला धार

बोल् विद्रोही आवाज

फूलनदेवीले जस्तै

अनि

छिनाइदे वीर्य मुछेल भद्दा लिङ्गादी सोचहरूको

ठाडो अक्करे अहङ्कार

———————————-

[ तप् ….तप्…. तप्

तप्कियोस् रक्त ….. ]

[ बुरुक्क बुरुक्क उफ्रियोस् गिँड ]

छाओस् निस्तब्धता सम्पूर्ण सम्पूर्णमा

यो

ख्याल गर्

तमिस्रको प्रियतमा

[ भद्दा अन्धकार ]- हो*

[ रौरवमा रुरुको ताण्डव स्वीकार्य छ] – कृष्णे

स्वीकार्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *