पत्रमञ्जुषा

स्तम्भकार

देशभक्त

आदरणीय आमा
दण्डवत प्रणाम
आमा ! तपाईंलाई कस्तो छ ? अहिलेसम्म म मुर्दा घोषित भएको छैन तर थाहा छैन म ज्यूँदो छु या छैन । जस्तोसुकै अवस्थामा रहेको भए पनि मलाई तपाईंको याद असाध्यै आइरहन्छ । कहिले तपाईंको टाउको काटेर छिमेकिको शीरमा जोडिएको समाचार आउँछ, कहिले तपाईंको अस्तित्व बिक्रिमा छ भन्ने सुन्निछ । ब्रमलुटको धरातलमा संक्रमण र तस्करीतन्त्रको बेसीमा जीवनलाई एकोहारो बाँचिरहेकी तपाईंले यतिका दिनसम्म सकुसल बाँच्न सकेकोमा मलाई गर्व लाग्छ । तर आमा ! तिम्रो अस्तित्वलाई झर्याप पार्न छरछिमेकीहरु बलवुँता नै केन्द्रित गरेर लागिपरिरहेका छन् भन्ने सुनिन्छ । यता स्कूलको खबर पनि ठीक छैन । पढ्ने मौसम नै खराबीतन्त्रको सिकार हुन पुग्यो ।  मेरो मन एकोहोरो वैराग्यको निकै समय वितिसकेको छ । अहिले मेरो वस्तीमा संक्रमणका अनगिन्ति तगाराहरु छन्। यस्ता तगाराहरुबाट छलाङ मारेर अब हाम्रो भेट होला भन्नेमा हतोत्साह लाग्न थालेको छ । तपाईंलाई धेरै कुराहरु सुनाउन मनमा उकुसमुकुस भइरहेको छ । यस पत्रमा म मेरो स्कूलको अवस्थाको विषयलाई उठाउने छु साथसाथै मेरी आमासँगको सामिप्यता लुट्ने नाइकेहरुको चर्तीकाला पनि भण्डाफोर गर्ने छु ।

वस्तीहरु लगातार पातलिँदै छन् । मानिसहरु झोला बोकेर सेतो गाडी चढेर हिडेका फेरि वस्तीमा फर्कदैनन् । नेपाली सानी आमा र भारती ठूलीआमालाई हामी हुनुसम्म बोझ बनेका रहेछौं । मानिसहरु ढुवानी गर्ने सम्यन्त्रको विकास गरी नेपाली सानी आमाले तानासाही व्यभिचारीतन्त्रको सिकार बनेर बाँचेका सेतो हिमालका निरीह सन्तानहरुलाई बाँकी जीवन विस्तारवादी तन्त्रको खलाँतीमा दास्त्व स्वीकारको खास्ठटोमा जकडेर नर्कतिर चलान गरिदिइन ।  जान्नेबुझ्ने भनाउँदाहरु वस्तीमा अनिकाल सावित भएका छन । अगुवाहरु कोही अठार वर्षमा यी निरीह जन्ताको नाम तस्करी गरेर जम्मा पारेको जेथो समाल्न थालेका छन । नेता नाम गरेका राक्षसहरु तिम्रो र मेरो सम्बन्ध पुर्नकालागि मेरो हत्या गर्ने षडयन्त्रमा जुटेका छन । साधु बिरालाको कथा हजुरआमाले सुनाउनु भएको मैले भुलेको छैन । जसरी साधु बिरालाले मुसाहरुको संख्या निमिट्यान्न पारी छिनेको थियो त्यसरी नै सके नेताहरुले निर्दोष भूटानी नेपालीहरुको अस्तित्वको कथा । हजुरआमाको कथामा त एउटामात्र साधुबिरालो थियो तर हाम्रो अस्तित्व अत्याउने होडबाजीमा अनगिन्ति छन ढाडेहरु । ढाडेहरुको सुरुङ संसारका प्रमुख शहरहरुमा छन जस्तै दिल्ली, सिक्किम, दार्जेलिङ्ग,  काठमाण्डौ, दमक, विर्तामोड, न्युयोर्क, जर्जीया, एरीजोना……. । यसरी यत्रतत्र छरिएका छन मेरो अस्तित्व र तिम्रो अस्मिता लुट्ने तस्करहरु ।

साची आमा ! तिमीले मलाई यहाँ पढ्न पठाउँदा असैय वेदना सहेकी छौ । मैले विद्यालयमा भएका सम्पूर्ण गतिविधिलाई सत्यतथ्य रुपमा तिमीलाई सम्प्रेशण गर्ने छु । तिमीले सोचेकीसम्म छैनौ होला तर हरेक आमाको हृदयमा चाहन्न देख्न सन्तान थरीथरीका भन्ने आसय स्पष्ट हुन्छ रे । विभिन्न थरीका सन्तानकै कारणले महाभारतको युद्ध भएको शास्त्रमा उल्लेख छ । धुन्दुकारीका कारणले गोकर्णले कति सास्ति खेपे भन्ने कहाँ भनिसाध्य छ र ? यसरी सन्तानहरुलाई विभाजनको विभिशिकामा जकड्ने भनेको त सत्तालिप्सा र संकुचित मनस्थिसतका कारण हुर्कीएको मपाईंत्व रहेछ । हाम्रो देशमा भएको पनि ठीक यही रहेछ । फूटाएर राज गर्ने विभाजीत सङ्कीर्ण मनस्थितिका कारण हामी आज संसारभरि छताछुल्ल बनेर अस्तित्वलोपको संघारमा हौसिरहेका छौं ।

जब जब अल्पसंख्यकहरुले विविध बहानामा बहुसंख्यकमाथि रजाईं गर्न थाल्छन् तब तब मानववस्तिको आकाशमा अनिश्चितताको वादल मडारिन थाल्छ र जबसम्म चेतनामा प्रलय हुँदैन तबसम्म सभ्यतामा पनि सुधार हुँदैन भन्ने कथन आज आएर भूटानमा सार्थक रुपमा लागु भएको छ । जब सन्तान थरीथरीका हुन्छन यी र यस्ता गतिविधिहरु समाजका प्राय दैनिकिमा रहन्छन । मलाई आज तिम्रो सेवाको बहानामा भएका युगले भुल्नसम्म नसक्ने क्रियाकलापले सताइरहेको छ । मैले यसपालीको अध्ययनमा सन्तानमा विभाजन रोप्ने सकुनी नीतिको थोरै अध्ययन गर्न सफल भएको छु । सन १९७५ सालमा राज्यवेवस्थामा आएको प्रणालीगत सुधार भारती ठूलीआमालाई पटक्कै मन परेनछ फलतः सन १९७८मा भारतीमाईका खलपुत्र राजिव गान्धीको नेतृत्वमा एकहुल सकुनीहरु वुम्थाङ पुग्छन । हो ठीक यही समयमा हामी तिम्रा सन्तानहरुलाई फुटाएर तिम्रो मातृत्वका खुशी लुट्न पल्केका छिमेकीहरुले विस्तारवादी शैलीमा सकुनी प्रविधिको गुटी चाल्न सफल भएका रहेछन ।

धन्दुकारीलेझैं वेश्यावृतीको उक्साहट र शासन वेवस्थाको नाइकेपनले गर्दा मात्नुसम्म मातेका ठूल्दाईले छिमेकीहरुको मनसाय बुझ्ने कोशिससम्म गरेनन । त्यसको सट्टामा बरु सम्राज्यवादी नीति लाद्न माहिर सावित भएका छिमेकीहरुको विस्तारवादी सकुनीतन्त्रको मादलु जुन तालमा घन्किन्छ त्यही भाकामा नाचिरहे, नाचिरहेछन …… । अर्काथरिका सन्तानहरुले भौमासुर बुद्धीले विरोधको बहाना रचेर आम जनतामाझ नाइकेतन्त्रको खेति गर्न थालेछन । कारण के हो कोही खुलाउन तयार थिएनन तर उनीहरु साउने वर्षाले मातेको भेलझैं उर्लिरहे, फगत उर्लिरहेका छन ।

राज्यसञ्चालनको प्रशासनिक साँचो हत्याएका ठूल्दाइले सन १९८८ सालबाट खुल्लेआम रुपमा विभाजन र पतनको सम्यन्त्रलाई जनगणनाको रुप दिएर पस्कीएका रहेछन । यतिबेला तिमी कुन निंद्राको दुनियामा थियौ मलाई यकिन छैन तर तिम्रा सपनाहरुलाई सुँगुरले नस्पाती चपाएझैं चपाइएछ । सिक्किम स्वतन्त्रताको माहौलमा र नेपालका ततकालिन नेता मदनभण्डारीले उत्तेजनात्मक भएर महत्वकांक्षाको रुपमा संसारका गोर्खाली एक हौं वृहत नेपालको थालनी गरौं भन्ने अव्यबहारिक नाराको प्रचारवाजी गरेर जनताको मन जित्ने दुश्प्रयास गरेका रहेछन । यसरी नाङलो ठटाउँदा भारतीमई तर्सीनुसम्म तर्सिइछन र नै हामीलाई फुटाउने हरेक तानाबाना लिएर उनका परञ्जयहरु भूटान पठाउँदीरहिछिन । यसो गरिरहदा तिम्रा सपनामाथि खेलबाडमात्र गरिएन, अर्कोथरी सन्तानका मुटुहरु फोड्ने, परिवार टुक्र्याएर छाति चिर्ने, शुशासन, शान्ति, सम्वृद्धी र अमनचैन जस्ता जनसरोकारका प्रत्यक्ष सवालहरु छिल्ने, यतिलेमात्र नपुगेमा गोलि ठोक्ने, बलात्कार गर्ने र घरैसम्म अग्नीदाह गराउने किसिमका राक्षसी गतिविधिहरु गराउन भारतीमाईका योजनाकारहरु सफल भएका रहेछन । यसरी आफ्नै घुँडामा बञ्चरो हान्दासम्म ठूल्दाइले भाका टिपेनन त्यसैको परिणाममा वर्तमानको दुर्भाग्य हात लागेको रहेछ ।

आफू ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भने जस्तै अल्पबुद्धी भयङकरहरुले यस अवस्थाको निकास वकालत गर्दै पार्टीबाजी र खेमातन्त्रको बीउ रोपेका रहेछन । उनीहरु जहिल्यै पनि फलाम पगाल्ने दुश्प्रयासमा आगो हुने उदक्तहटमा गए । अनीहरुले फलाम काट्न फलाम हुने चेष्टासम्म गरेनन र हर्दम हौसिरहे, हौसिरहेछन ….. । यिनीहरुले कहिले बुज्नेहोलान कि फलाम सम्यन्त्रको सम्योजन र तापमानको तालमेललेमात्र पग्लन्छ । यिनीहरु फगत आगोमा बञ्चरो घुसारेर हँसिया बन्छ भन्दै चिसोचुलो विज्ञापन गरेर अगाडि एक थरी माक्र्स र अर्को थरी माओ बन्दैछन । आमा तिमीलाई सत्यवाद सुनायँदै छु कि अब जसले जसरी जे गरे पनि यिनीहरुले भूटानबाट शान्तिका परेवाहरुलाई अलविदा गरेर जाल थापिरहेकी भारतीमाईको विस्तारवादी नीतिको सिकार बनेर विभाजन, पतन र फुटको इतिहासमा एउटा टिटलाग्दो धब्बा रहने छन । त्यस पछि तिम्रो पवित्र मातृत्वमा वेश्यावृत्तीका चुर्णहरु खन्याइने छन र सभ्यताको यो इतिहासलाई विस्तारवादी नीतिको भेलले बडारेर मानसतुर्सा हुँदै ब्रह्मापुत्रका किनारमा पु¥याइने छ । ठीक त्यतिबेला विभिन्न थरिका सन्तानहरु विभिन्नता उक्साउने मनस्थितिमा एकताको विज्ञापन गर्दै ठीमाहा संस्कारको दलदलमा अस्तित्व लोप हुनु अघि अर्को एकचोटी फुट्ने योजनामा कुर्लिरहेका हुने छन ।

हुन त यीहरु सबै तिम्रै सन्तान हुन तर विविध अर्थमा कुपात्र सावित रहे भन्ने मैले ठहर गरेको हुँ । सन्तान जस्ता भए पनि आमाको आँखाले कहिल्यै दोसी देख्तैनन । यसमानेमा तिमीले बुझ्नु पर्छ कि मानिसलाई जिउनलाई एउटा अस्तित्व चाहिन्छ, स्वतन्त्रता चाहिन्छ, मौलिकता चाहिन्छ, गाँस बास र कपासको प्रत्याभूति चाहिन्छ, उन्नति र प्रतिस्पर्धाको कार्यशाला चाहिन्छ र एउटा व्यक्तिले मानिस हुन सक्ने पूर्ण परिकल्पना भएको भविष्य चाहिन्छ । हैन र आमा ?

अन्यायको दन्कोमा जलिरहेकी मेरी आमा ! तिमीलाई दिउँसै बलातकार गर्ने मनसायले भरखरै तिम्रो छातिमा तस्करहरुको एउटा सम्मेलन सम्पन्न भएको छ । यसमा भएका गतिविधिहरु मैले बुझन निक्कै अपरिहार्य भएको छ । पत्र पठाउँदा यस पक्षलाई समेटेर लेख्नु होला । मैले यस पत्रमा यस्ता धेरै कुराहरु  समेट्न सोचेको थिएँ तर समय अभावका कारण सकिन । अर्को पत्रमा अगाडि उठान भएका प्रसङ्गहरुलाई बिट मार्ने छु ।

तपाईंको प्यारो छोरो
देशभक्त

दादघारी, दक्षिण भारत

2 Replies to “पत्रमञ्जुषा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *