परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना
परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना
ठूल्दाइ कान्छाभाइ
अमेरिकाको काखैमा, साहित्यको उज्यालो।
भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।।
बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा प्रवेश।
सृजनाको यात्रामा, सधैं रहोस् विशेष ॥२।।
भाषा-साहित्य-संस्कृति, जोगाई राख्ने काम।
भूटानी माटोको सुगन्ध, फैलियोस् अनेक ठाम ॥३।।
बनिरहेको छ हो यो परिषद्, पहिचानको थलो।
हरेक वर्ष उन्नति, होस् यसको बलियो ॥४।।
तीन दशकको यात्रामा, धेरै उपलब्धि भो।
आगामी दिनहरूमा, अझै फैलियोस् यो॥५।।
सबै स्रष्टा-साहित्यकार, मिली गरौं उत्सव।
भूटान साहित्य परिषद्, चिरञ्जीवी रहोस् सदा॥६।।
खरानीबाट उठाई, यो संस्था बनायो जसले।
विश्वव्यापी बनाउन, योगदान गर्यो जसले॥७।।
कार्यकर्ता, शिक्षक, विद्यार्थी, लेखक सबै जना।
स्रष्टा र शुभचिन्तक, सबैमा छ नमन मेरो॥८।।
