परिस्थिति

बासु ढकाल/ अमेरिका

आफू भित्र आफैँ हराई
आफैँ भित्र खोजी हिंडे
सडकहरु छाडी कतै
गोरेटा ती रोजी हिंडे
होस भित्र जिन्दगीको
बेहोसीपन खोजी हिंडे

अरु हाँस्दा अलिकति
आफू पनि हाँसी हेरें
आफू रुँदा कोहि रोएनन्
आफ्नै मुटु छामी हेरें
सडकहरु छाडी कतै
गोरेटा ती रोजी हिंडे

आफू आफैँ भित्र मरी
अरुका लागि बाँची हेरें
घृणा गर्नेहरुका लागि
थोरै माया साँची हेरें
आफ्नै चित्र जिन्दगीको
आफैँ भित्र कोरी हेरें

Leave a Reply

Your email address will not be published. Required fields are marked *