पेल्देन ड्रुक्पा

मदन दुलाल
पेन्सिल्भेनिया, अमेरिका

अचानक,
थिम्पू-छु माथी पुल बन्यो


टाशिछोजोङ गर्जियो भयंकर

भन्यो,
अब देखी चुपचाप बग्नु

उप्रान्त
थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ

उता,
फो-छु अनि मो-छु संगठित भए
प्रलयको शंखनाद गर्न

ड्रुक ग्याल्पो
अचम्मै संग तर्सियो
बदलामा
चढायो आलो तातो रगत

अनि
मोछु र फोछु आलो रगतको मादक्तमा भुल्लिए

पुनश्च:
दक्षिणमा मावो- छु र पुर्वमा ड्राङ्मे-छु गडगडाउन थाले

एकपटक पुन:
चा वा सुम -को अवधारणा तिल्मिलायो बेस्मारी

यसपाली,
थिम्पू अनुहारमा मोसो दलेर ओर्लीयो
र, मावो- छु रगताम्य पार्यो

मावो-छु को बिरूप अनुहार देखेर
ड्राङ्मे-छु चुपचाप
डरले डढेको अनुहार लाएर बसेको छ

त्यसै दिनदेखी त हो
मावो-छु चुपचाप,चुपचाप दक्षिण बगेको

मावो-छु बगेर दक्षिण गएको दिन देखी
आँफु बन्दुकको सिरानी लाएर
दुनियाँलाई जि.एन.एच-को थाँग्नामा सुताई रहेछ

बिचार मर्दैन,
तर
मरेको ठानेर
पेल्देन ड्रुक्पा मस्त छ।

———————————
विशेष शब्दावली

छु= पानी/खोला
थिम्पू -छु,फोछु,मोछु,मावो-छु र ड्राङमे- छु भूटान भएर बग्ने खोलाका नाम हुन।
टासिछोजोङ: भूटानी संसदभवन
डेछेनछोलिङ:-भूटानी राजदरवार
ड्रुक ग्याल्पो:- राजा
चा वा सुम: भूटानले अख्तियार गरेको एक देश,एक भेष र एक नरेशको अवधारणा
पेल्देन डु्क्पा:भूटान भूमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *