प्रतिगमनको पहिरो

वासु पोख्रेल
ओहायो, अमेरिका

सुन्दर शान्त हिमालयको काखमा
उन्नाईस बजेर नब्बे मिनेट जाँदा
लोकतन्त्रको फल फलाउन
जन आन्दोलनको विरुमा रोपिएछ ।
सोही रात एक्कासी आकाश गर्जीएर
अन्याययको असिना वर्षेछ
अत्याचारको आँधीभेरी उर्लेछ
दण्डहिनताको बादल मडारिएछ ।
विकशील मानसपटलमा बज्रपात परेछ
सद्धवको गाउँमा प्रतिगमनको पहिरो गएछ ।
हुर्कनै लागेको विरुमा जरेसंग निमोठिएछ
घामसंग लुकामारी खेलिरहेको बिस्कुन बडारेछ
खले गराको धानको थुप्रो बगाएछ
राम्री गाईको गोठको किलो उखेलेछ
छिमेकमा गोरु नार्ने जुवा भाँचिदिएछ ।
उन्नतिको हलो समाउने अनउ टुक्रा पारेछ
भस्मे फाढ्न गएकाहरु जङ्गलमै पुरिएछन्
प्रतिगमनको पहिरोले तहनहस नै गरेछ ।

प्रतिक्रान्तिको थिचो-मिचो रोकिएनछ
मानव सभ्यताको देउराली भत्किएछ
मित्रताको पुल भाँचेछ
रातजैतिक हिलोको रङले खोलो धमिलिएछ
तोडफोडको तमासाले माउखोलो थुनिएछ
नमुना वस्तीका घर-धुरीलाई धक्का लगेछ।
भेदभावको खेलतीलाई गोडमेल गरिएछ
करको कर्जा र घडेरीको पुर्जा खोसेछ
भिर मौंरीकको रानो लगेर हिरासतमा राखिएछ
प्रतिगमनको पहिरोले दबाब दिई राखेछ ।
ढुङ्गा आमरण अन्सनमा बसेछन्
आगोले राँके जुलुस निकालेछ
माटो अस्मिता जोगाउन ओडार पसेछ
घाईते पानीले पिउने जल पाएनछ
अग्रगमनको र प्रतिगमनको द्वन्द चलिरहेछ
संस्कृतिको छातीमा विषालु वाण प्रहार गरेछ ।

निस्कृय भईसकेको पहिरो फेरी झम्टेछ
खुट्टा मर्किएकासंग दौडको बाजी राखिएछ
हात भाँचिएकालाई कुस्ती खेलौं भनिएछ
आँखा फुटेकालाई सियो-धागो उन्न लगाईएछ
जाडोले कठ्याङ्ग्रिएकोलाई बरफ ओढाएछ
भान्सा भित्र छिरेर तरकारी लुटेछ
प्रतिगमनको पहिरोले निमुखाको विचल्ली बनाएछ
निदालको दाम्लोले मालीलाई मुल खाँबामा बाँधेछ
शान्तीको प्रतिक परेवालाई बेतको डोकोले ढाकिएछ
तोरीबारीमा असमानताको दाँई गरेछ
प्रतिगमनले मानव बगैंचाको आली तासेछ ।

पहिरोको परेडले जनसभा बिथोलेछ
दुईलाख खुट्टाको पैदल आघि बढेछ
तेश्रो गाउँको बगर पुगेर विश्राम लिइएछ
त्रिपाल उडाएपछि छानोमा खाडल परेछ
बाछिट्टाले मजेरीमा मन्त्रालय उद्धघाटन गरेछ
राहतको चामल आएपछि ओदानमा भड्डु बसेछ
उत्ता प्रतिगमनको पहिरोले जीतको आभास गरेछ
सिमानामा चिनको भन्दा विशाल पर्खाल लगाएछ
दुई गाउँ विच थुप्रै वार्ता चलेछन्
पहिरो पन्साउने उपाय नभएपछि
गाउँ- बेसी भुलेर सात समुद्र तरेछन्
आफ्नै जीवन कथासंग मेल खाने कविता पढेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *