भारती विमले

श्यामप्रसाद खनाल / कानसास, अमेरिका

भारति विमले सरस्वति माता,
तिम्रा पादमा झुकाउँछु माथा ॥१॥

श्वेत कमलमा निवास छ तिम्रो,
वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥

कोमल रसिलो त बोलि म वोल्दै,
भुल्दैछु तिमी र रुपै म हेर्दै ॥३॥

बालक मतहुँ र जान्दिन केही,
विद्या पढ्नमा म माग्दैछु यही ॥४॥

केवल मनले पुकार्दछु धेरै,
आएकोछु जीवनी अर्पिएरै ॥५॥

आउँछु अबता तिमीतिर छेऊ,
गेश्वरी सुविद्या त देऊ ॥६॥

दिन्दिन मनमा मगर्दछु भक्ती,
लौ देऊ मलाई पढ्ने त शक्ति ॥७॥

कीरण माला-छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *