भीरको चिण्डो
चिण्डेका फ़ेदमा भिर्को टकुरा मुनि अक्कर।
भालुवाँसे भिरै वीच्मा फ़ल्नमा छ नी तत्पर ॥
हेर्दै जौं भीरको चिण्डो उम्लदो पयझैँ तर ।
हावले वगेमा पारी पर्नगो यदि ठक्कर ॥१॥
तत्कालैमा भनेदेखी वचाउँ न त कोछर ?
भन्दा भन्दै नमाथी भो सिङ्गो बन्छ न तल्तिर ॥
शीला मूर्ति नभैँ टीक्यो पग्लीयो नत सख्खर ।
फल्पायो भीरको चिण्डो अर्काकै तनको भर ॥२॥
भूको भारी सँधै बन्ने केछूटो परको भर
टाकूरामा अभर्पर्दा आफ्नो बल के छर ?
नीशामूखी परायीको आशामा न त साहसी
रातीको रातनै काल्भो दिन्विते करमा बसी ।।३।।
जस्को आड गरी वस्ता सेपलाग्छ परी परी
की फल्नू माथिनै रुखको टुप्पिमा बलियो गरी
यस्तैको भूमिमा पाए डर्त हुन्न कसै गरी
सर्पर्दा मानको पात्रै मानिने मदले भरी ।।४।।
कामै धेरै न भै चिण्डो फल्न पुग्छ भिरै परी
रम्गर्ने फल्वनी आशा नाश भो जगमा परी
को चिण्डो रोज्ने फल्मा आरु आँप सरी अझ
भर्पाए फल्वनी दीगो कालि ज्यामिर सीँवित ।।५।।
विर्भै चिण्डो सिधै लाग्यो टाकुरो भिरकै तिर
ष्याकीनो आड चिण्डेका फल्नको रुख मुन्तिर
चौधै छन्वर्ण आदिमा गन्तिले लहरै भरी
के होला भीरको चिण्डो अर्थ लाउ यसै गरी ।।६।।