“भूमिचाल ”

श्यामप्रसाद खनाल / कानसास, अमेरिका

भू- भूमिचालै चल्यो औँसिको रातमा।
घर्सवै भ्त्कियो वाडिको साथमा ॥१॥

टा- टाक्टुकै पार्दिए दैवले कोपमा।
टाँसिए आत्तिँदै सीसुवालै जहाँ ॥२॥

नी-नीसपट्टै भयो चट्चट्याङ पट्कियो ।
द्योतमिल्कि सवै धर्ति खं थर्कियो ॥३॥

को-कोकता-कोकता कुद्नु नै पार्दियो ।
वोल्ननै नै कर्गर्री कण्ठमा पार्दियो ॥४॥

ला- लाजढाकी परै वन्वग र्पर्खियो ।
मुटुको कम्पले अङ्ग पूर्णै चल्यो ॥५॥

मो- मोहमा खोरमा कोपवीहोसमा ।
भूलपर्नै परो पूर्ण आक्रोसमा ॥६॥

आ- आत्तिँदै हुत्तिँदै कुट्टिँदै भुट्टिँदै ।
सागरै तार्दियो शक्तिसार्लुट्टिदै ॥७॥

सा- सास फ़ेर्नै भनी एकखेपै गनी ।
फ़र्कियौँ घर्पटी आसले तैपनी ।
फ़र्कियौँ घर्पटी आसले तैपनी ॥८॥

(स्रग्विणी छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *