मन (गीत)
काँडा बनी घोच्ने यो मन,
आगो बनी ठोस्ने यो मन-
लुकाउँ भनी छोप्न खोज्दा,
सल्किएर पोल्छ पो झन्…,
मेरो अतीत बल्झिएर,
परेली यो छुन खोज्छ
यो मन उतै अल्झिएर,
रहर मेरो छेक्न खोज्छ,
धार बनी रेट्ने यो मन,
आगो बनी झोस्ने यो मन,
लुकाउँ भनी छोप्न खोज्दा,
सल्किएर पोल्छ पो झन्…,
मेरो मन किन मसँगै,
कठोर बनी युद्ध गर्छ
कसुरबिना असुर बनी,
किन आफैं पर सर्छ,
डाँडा बनी छेक्ने यो मन,
आगो बनी झोस्ने यो मन
लुकाउँ भनी छोप्न खोज्दा,
सल्किएर पोल्छ पो झन्…।