मुल्यबोध

कवि

राज बराल
ओहायो, अमेरिका

आस्थाको सागर चिरेर
विषको थोपा रोप्यौ
आफू भत्किँदा सहारा लियौ
र अलविदा भन्दै सहजतामा मलाई
घातै-घातको पतिंगरले छोप्यौ
विडम्बना, मलाई आज
सिर्फ कविता लेख्न मन लाग्छ
सारा ती संयुक्त भोगाइको चिहानबाट
जुरुक्क उठेर
आँसु नै आँसुले बालुवाको पानामा,
अब डाहा छैन
तिम्रो प्राप्तिको पहाडमा बनिएको
मोतीको चौतारीमा
कुनै सुस्केरा लिन मन छैन,
अवरुद्ध भएको मेरो
कार्डियोभास्कुलर प्रणालीको छेउबाट
आगो झोसेर
तिम्रो ड्राइबवेको हिउँ पगाल्ने
तिम्रो श्रद्धा भाव थियो, या
मेरो श्रद्धान्जली थियो
म मात्र प्रस्ट छु …… ।
जेनेतेने बाँचेकै छु
तिम्ले आधा जलाएको
मेरो श्वास प्रणाली
पुन कामयाबी भएसी
तिम्ले खोसेका मेरा सपनाहरू
पुन अंकुरामा बदलिएसी
आखिर यसरी कल्पनामा आश्वासन बाँचेसी
मसँग
जिउने आशा छ
चिकित्सकले तिमीलाई मेरो निम्तो दिँदा
हाँसेरै भन्नु:-
“उसको रक्त-अर्बुदसँग सम्बन्ध विच्छेद हुँदा-
म एक हुल जन्ती लिएर आउनेछु”
अनि
उसको रहल कार्डियोभास्कुलर प्रणालीमा
पुन आगो बाल्नेछु ।
त्यस बेला म आफू बालिँदा
तिमीलाई सोध्नेछु
तिम्रो आग्रहको मेरो कुर्वानी ?
थाहा छ तिमीसँग जवाफ हुँदैन
तर
आँखा-आँखा जुदाँउने साहस गर्नु है….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *