मेरी माया

कमल दाहाल / अमेरिका

गुलावी फूल जस्ती मायालुलाई ।
एउटा चिनो दिन मन लाग्यो ।।
मन्ध–मुस्कान छाड्ने प्रियसीलाई ।
आँखामा सजाउने रहर जाग्यो ।।

मेरो हृदयलाई नै हल्लाइदिने
कस्तो रुप रहेछ तिम्रो ?
यो मनलाई बेचैन पार्ने
कस्तो जादु रहेछ तिम्रो ?

चन्द्रमा नै लाज मान्ने ।
तिमी हौ स्वर्गकी परी ।।
सपनाको संसारमा ।
तिमीलाई देख्छु घरिघरि ।।

‘‘यो माया भन्ने चिज यस्तै हो………………..’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *