मेरो भाषा

डम्बर ओस्ती / क्यानाडा

गौरव छ म नेपाली भएकोमा
अझ गौरव छ मलाई
म नेपाली भाषी भएकोमा
वा ! कति विशाल छ !
शान्त, शौम्य र सभ्य छ
लालित्य छ
आलंकारिक छ
त्यसैले —
मलाई गौरव छ—
मेरो भाषाप्रति
मलाई थाहा छ,
मेरो भाषा विविधता भित्रको एकता हो
अनेकतालाई एकतामा ल्याउने
सूत्रधार हो,
अनि विश्वभरि बोलिने भाषा हो ।
नेपालीहरू जहाँ छन्
त्यहाँ नेपाली भाषा छ
नेपालीभाषीहरु जहाँ छन्
त्यहाँ एउटा ‘सानो नेपाल’ छ ।
त्यसैले मलाई गौरव छ,
मेरो भाषाको—
पवित्र छ
आत्मिक छ
मलिन छ,
म जहाँ जान्छु
त्यहाँ नेपाली भाषा बोल्छु,
मुना-मदन र रामायाण पढ़्छु
मलाई गौरव छ,
मेरो भाषाप्रति
किन कि—
कोहिली झैं मृदुल छ
नदी झैं तेजिलो छ,
झर्ना झैं पवित्र छ
हिमाल झैं अटल छ ।
किन कि मेरो भाषा —
विश्वको सर्वोच्च शिखर
सगरमाथामा बोलिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *