मेल बक्स

सञ्चमान खालिङ
सञ्चमान खालिङ/ पीए, अमेरिका

मेल बक्सले
प्रत्येक चोटी तर्साउँछ l

जब म भित्र-बाहिर गर्छु
लाग्छ कहिले त उक्काएर झट्याइदिउँ
मलाई थाहा छ, त्यस भित्र –
मेरो हिमालको संदेश छैन
कुनै प्रियेसीको मधुर सुस्केरा पनि छैन
मात्र बिलहरु
ठुल्ठुला मुख बाएर हेरिरहेका छन्
थोपा थोपा पसिना खान l

Leave a Reply

Your email address will not be published. Required fields are marked *