मैयासँग मनका कुरा

चिराङ्गे माइलो

चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ,
विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ ।

सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ,
डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ ।

वर–पीपलको छाँयामुनि बसी पसिना पुच्छन मन लाग्छ ,
टारीखेतमा हिलो खेल्दै असारे गाँउन मन लाग्छ ।

चाँचेको घुमाउनेमा बल्छी खेल्न मन लाग्छ ,
विश्वभरि छरिएका भूटानीसँग नाता गाँस्न मन लाग्छ ,

विजयको अवसरमा अग्रजको आसिस थाप्न मन लाग्छ
स्वदेशको आँगनीमा देउसी खेल्न मन लाग्छ ।

फन्को मार्न संसारको यमसँग आयु माग्न मन लाग्छ ,
बिर्सिएकी पराइसँग मनका कुरा खोल्न मन लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *