गजल-४०९
रक्की खानेल
एडिलेड, अस्ट्रलिया
छट्पटिन्छु रातै भरी, मान्दैन यो मन
तिमी बिना कसै गरी, मान्दैन यो मन ।
खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो
आफ्नो भने कठै बरी, मान्दैन यो मन ।
भन्नेहरू क्या मजाले, भन्छन् बिर्सिदिनु
सम्झिन्छ झन् घरी-घरी, मान्दैन यो मन ।
फक्रिएको फूल झैँ, सुवास बोकी मायाको
बहन्छ यो हावा सरी, मान्दैन यो मन ।
यै चाल भएँ पागल भन्छन्, दुनियाँले अब
लौ बुझन ए सुन्दरी मान्दैन यो मन ।