रमाइलो नियागारा फल्स् !

भानु ढुङ्गाना
क्यानडा

(बाल कविता)

जति पटक हेरे पनि उति राम्रो छ ।
झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।।
जाऊँ अब घमाइलो नाग्राफलैमा।
पारि वारि हेर्न मिल्छ सुन्दर थलैमा।।

सङ्लो पानी उम्लिएर दौडिरहेको।
वारिबाट पारी डिलमा पौडिरहेको ।
उत्तरबाट बग्दै आई बगिरहने।
ओन्टारियोभित्र सुन्दर नाग्राफल् हुने।।

क्यानडाकै गहना हो नाग्राफल ताल।
अनेक धारा हराभरा रमिता छ फल।
छरिएका छाँगा छरा तलै-तला जल।
हेर्ने जाने रहरले खोजी ल्यायो पल।

चौतारीमा बस्दै खेल्दै हेर्न जानलाई।
खाजा खाना लग्दा राम्रो बसी खानलाई।।
हामी धेरै मिलीजुली जाऊँ हेर्न जाऊँ।
एकै दिन भए पनि घुमी फिरी आऊँ ।

बुबा आमा दुबैलाई सोधौँ अनि जाऊँ ।
नाग्राफल्स्को फुलबारी र हेरौं सुन्दर गाउँ।
भिन्नाभिन्नै रङ्गिनका फुल फुल्ने ठाउँ।।
यसपालिको बिदामा उतै वनभोज खाऊँ ।।

लाखौँ लहर उचाली झर्ने जलधारा।
माथि पहर चढेका इन्द्रेनीका पारा।
एकै ठाउँमा घाम-पानी छाया तालमा।
धारा पानी झर्ना झर्छन् जालै जालमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *