रिजालको ‘पहिलो भेट’ र ‘किनाराको छाल’ सार्वजनिक

एल्बम सार्बजनिक गरिँदै। तस्बिर साभार: अन्लाइन खबर
एल्बम सार्बजनिक गरिँदै। तस्बिर साभार: अन्लाइन खबर

भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए ।

कार्यक्रममा एल्बममा समावेश २ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बममा समावेश गीतमा उदय सोताङ, मनिला सोताङ, स्वरुपराज आचार्य, सत्यराज आचार्य, शिव परियार र रजिना रिमालको आवाज रहेको छ ।

यसैबिच स्रष्टा रिजालको गजल संग्रह “किनाराको छाल” समेत प्रकाशित भएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *