रीत

आर. पी. सुब्बा
अमेरिका

यसै गरी चल्दैछन् है
परिवर्तनका लहरहरु

कोही भन्छन् एकता गर्ने
कोही खुट्टा तान्ने
कोही गर्ने मरी-मरी
कोही दृश्य हेर्ने !!
यसै गरी चल्दैछन् है
परिवर्तनका लहरहरु

कुरा हुन्छन् ठूलाठूला
छैन नीति तारने
पार्टीहरू संग्राम गर्ने
जनता बसाइँ सर्ने
यसै गरी चल्दैछन् है
परिवर्तनका लहरहरु

बाठो टाठो सहर बजार
जनता बस्ने बगर
मुक्ति संग्राम सफल पारी
भूटान जाने रहर !!
यसै गरी चल्दैछन् है
परिवर्तनका लहरहरु

आयो आयो हल्ला आयो
एक भई सबै जुट्ने
त्यही बीचमा बिरोध भयो
अब कसो गर्ने ? !!
यसै गरी चल्दैछन् है
परिवर्तनका लहरहरु

One Reply to “रीत”

  1. Santa Gajmere

    RP सरको कलमबाट साहित्यको हरेक बिधाका लेख्हरु पढ्न पाईन्छ। यथार्थको चित्रण,सामाजिक एकताको आवहन उहाको लेखरुमा प्रसस्त भेटेन्छ। समाजको वास्त्बीक्तालाई शब्दमा बुनिएको येस् कबिता राम्रो लाग्यो। यस्तै छ हाम्रो समाज। परिवर्तनको मुल संघार्मा अैपुग्दा पनि अनेकताका बण्धण अझै देखिन्छ। भनिण्छ “बिगत र बर्टमाण बगेर गये पनि भविश्य सुरक्छित हुन्छ।” बिगत्मा जे भये पनि, एउटा बिचार ले आर्को बिचारलाई टेवा दिने, एउटा भावनाले आर्को भावनालाई सम्मान गर्ने, एउटा मुटुले आर्को मुटुलाई सुनिदिने हो भने “हामी” शब्द अज्ज गौरबशाली हुनेछ। आउने नयाँ दिनहरुले हामी बिचको एकताको सुत्रलाई अज्ज डरिलो बनाइदियोस, एक आर्का प्रतीको सत्भावना बड्दैजाओस् सबैको मुटुमा माया फुलोस मेरो शुभकामना। RP सर तपाईंको लेख र कृतिहरु समय अनुकुल हुन्छ र भबिश्यमा धेरै पढ्न पाउने आशा गर्छौ। Santa Gajmere, Virginia, USA

Leave a Reply

Your email address will not be published. Required fields are marked *