विल डे

लक्की राशि
केन्टकी, अमेरिका

हरेक बिहान हरेक साँझ
हामी विल डे मनाई रहेको छौँ
घरको विल, बि जी एम यु’को विल
इन्टरनेटको विल
केबलको विल

तर पनि यो विल डेलाई
महोत्सवको रूप भने दिन कोही तयार छैन, किन ?

हो साँच्चै बढी मोबाइलको विल
एस एम एसको विल
नेट फ्लिक्सको विल
हुँदा हुँदा अर्को जीवन बिमा विल

तर पनि यो विल डेलाई
महोत्सवको रूप भने दिन कोही तयार छैन
किन ?

निकै चर्को गाडीको विल
कलेजको विल
हस्पिटलको विल
आइ ओ एमको विल
हैट कति हो कति

तर पनि यो विल डेलाई
महोत्सवको रूप भने दिन कोही तयार छैन
किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *