वेदोपदेश

गंगाराम रिजाल
टेनिसी अमेरिका

पारायणगरी वेदका विषयका लेखेर सारा सब ! १
वेदव्यास र शास्रका सरलमै सम्पन्नभो यो जब !!
कस्तो के कसरी विधान सँगले राखीदिने सज्जन !
गर्छु नम्र भएर भित्रि मनले यो हो सबैको धन !!

पढ्दा ज्ञान बढाउने छ रचना वेदादिका ज्ञानले।२
डुब्दा स्वच्छ पवित्रहुन्छ तन यो एकाग्रभै ध्यानले॥
ठूलो यज्ञ समान तीर्थहरूको दर्शन गरेझैँ भयो !
यस्तो उच्च अमूल्य रत्नसबले पढ्दाहुने धन्य यो !!

उच्चावंश कुलीन कौशिक ऋषि मर्मज्ञ वेदादिमा ।३
खोजी खोजी सबै झिकेर महझैँ भित्री कुराछन् यहाँ॥
यस्तो शुद्ध पवित्र ग्रन्थभरीमा छन् ज्ञान धेरै कति।
गर्नुभो गुरूदेव पंडीतजीले श्रीरामले जे जति॥

पढ्दा छन् सबज्ञानका सुरचना वैदिक मन्त्रैहरू ।४
भिन्नै कर्म प्रयोगका विधिहरू छर्लङ्ग होलान् अरू॥
रट्नु पर्छ र मात्र हुन्छ सबत्यो घोकिन्छ मन्त्रै कुनै।
गर्छु नित्य प्रणाम बासगर हे ! श्री वेदमाता उनै॥

निष्ठा भक्ति सुयोग्य शान्त गुणले भो ज्ञानको मन्थन ।५
छन् याहाँ विनियोग सार सजिलै लेख्ने उनै सज्जन॥
मीठो श्रीफलहुन्छ कष्टसँगले गाह्रो छ नङ्ग्याउन।
यस्तै वेदभरी भरी रसहरू छन् दुर्लभै पाउन ॥

वाहाँका घनश्याम विज्ञ सुतजो आचार्य रेग्मी थर।६
साथैमा लिई खोज्नुभो कतिकुरा सच्याउनेमा तर॥
सम्पादन तिर शास्र भित्र बहुतै गोता लगाईकन ।
मोति झैँ सब वेदको गहकिलो भोदिब्य ग्रन्थै धन॥

यस्तै सुन्दर ग्रन्थहुन् अरूपनि श्री शारदाले दिउन् ।७
मीठो अमृत झैँ लिएर सबले जो वेदकै रस पिउन्॥
राखेँ यो शुभभाव भित्रिमनले जानी नजानीकन ।
श्रीवृद्धि भई शास्र वेदहरूका मर्मज्ञ हुन् सज्जन॥

छन्दः-शार्दूलविक्रिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *