भाग्य फेर्ने
श्याम प्रसाद खनाल
ओहायो, अमेरिका
छन्द:उपेन्द्र बज्रा
ज त ज् दुई दीर्घ
(ISI-SSI-ISI-SS)
नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने।
विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।।
दुधै भरीए शरि आज हाम्रो,अमेरिका बस्नमिले छ राम्रो।
भनी दुनियाँ कतिहर्षमा भै,उदाउँदासूर्यसमानका झैँ।।१।।
मरेपछी स्वर्ग न मिल्न सक्ला, बरू जिऊँदो रहँदै छ मौका।
विचार यो भै कन हो किपक्का, बिहार,आहारमहा छ जत्था।।
अमुल्य नै कौन रहे छ आशा, जुवा पछार्छन् बिधिले तृपासा।
मतो मिलेमा छ जगत् मुठीमा, हुँदानफाटो बनिए गरीमा।।२।।
यसो! बुझेता अति मोलमानै, कतै वरै ज्यान हुने सुधानै।
बुझेनि यो देश छ ज्ञानमानै, विचारनेको अमराजरानै।।
फुर्फूरलेमात्र त हुन्नभाग्यै, बढाइपौरख् दिनुमाछ जो क्यै।
मणीभरीको पनि खानिमा भै,”कुरीन”भैयो त भने छ व्यर्थै।। ३।।
बुझीकुरा एति स्वभावराम्रो,लिनन् युवालेछ विचारहाम्रो।
हुँदैन झ्वाट्टै सबकाज राम्रो,अथक् रही पार्नुछ धुर्ब तारो।।
रचे अरूले छवि ऊडि कत्रो,बनीन तेस्तो कहिलेर हाम्रो।
अरू र भूटानिछ भिन्नतारो,कस्तोअनौठो बिधिलेविचारो।।४।।