श्रद्धाञ्जली छ भम्पाजी लाख लाख प्रियंवदा
यो समवेदना श्रद्धा सफूल हात जोडदा
हो निहुरन्छ माथा यो हाम्रा आँखा चिसा चिसा
पुष्प सप्रेम श्रद्धाको शिर झुक्छ दिशा दिशा
प्रेमले जाँचने कोठा रुँदैछ आज खोजमा
त्यो गजुरमुखी एक्लो हजुरको बिदाइमा
माटो पोको स्वदेशी त्यो सिरानी मात्र अन्त्यमा
झन्डा वस्त्र धराको त्यो देशहिन बिदाइमा
झझल्को भित्र भूटानी साम्ची बाँडा स्वभूमि त्यो
स्वदेश भक्त मान्छेको जीवन्त ग्रन्थ सोच त्यो
बुद्ध राम खुदा जस्तो जीवनी कति सुन्दर
गान्धी लिङ्कन मन्डेला जस्तो तिम्रो छ आदर
राजर्षि वैध राजाको इस्तिफा त्याग रोज्नु भो
तानाशाही बिरोधी लौ क्रान्तिकारी त खोज्नु भो
जाती भाषा सुरक्षाको नादी आवाज बोक्नु भो
सेवामा दीन रोगीको त्यो रात दीन झुक्नु भो
समाज आज एक्लो यो चिकित्सालय बन्द भो
सेवा नि:स्वार्थ रोगीको त्यो प्रेम पुण्य रोप्नु भो
सदेह पास भम्पाजी नभए पनि हालमा
श्रद्धाको फूल भम्पाजी चडाउछु समाधिमा
कुबेर कुईकेल भुवानेटारे अमेरिका वीर शहीदलाई यो श्रद्धा सुमन मृत्युमा गर्यो उत्सर्गमा ज्यान त्यो बलिदान देशमा ब्यर्थ जाँदैन तिम्रो त्यो त्याग श्रद्धा स्वदेशमा तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा ऊ देशहितमा मर्न पछि परेन लक्षमा शत्रुको काल नाकामा ढाल देशको पक्षमा शौर्य अदम्य श्रद्धेय तेजले सूर्य चन्द्रमा तिमी…
- जगन्नाथ मिश्र हे बुवा ! दिनुभो असीम करुणा आनन्द वैभव सुख श्रद्धाले भरी मन झुकाई शीर यो आएँ म हेर्नै मुख कसर क्यै नछुटाई नखाइ-नपिई गर्यौ नि हाम्रो भरण आएँ आज मता पवित्र बननै ढोगी हजूरकै चरण ! II१II सुँकसुँक गर्दै फक्लाक्दै कति कुदें सुख मिल्छ कहाँ भनी बुवाको…
ईश्वर प्रवासी अमेरिका त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि मेरो निरीह शरीरमाथि पौडी खेल्न मेरो अस्मितामाथि कौडी खेल्न क्रुर सामन्त अनि निरंकुशताको विल्ला भिरेका यौन पिपाशु लम्किरहेका थिए मलाई…