सत्यको खोज
जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने।
कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने।
गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार ।
पालै पालो भरुँ अब घडा यै छहै एकसार ।
रोकौं बाँधौं वरपर सबै एक स्थानै जमाऊँ।
गीता रुपी अमृत जलमा एक घण्टा रमाऊँ।
हीलो-गीलो किचड स्थलको मान सब्ले बडाऊँ।
यो स्थानैमा मिलि-जुलि बडी स्वर्गतुल्य सजाऊँ।
उठौं जागौं युव-युवति हो रीति आफ्नो बचाऊँ।
पालै पालो कुदि अघिबडी नाम आफ्नो सचाऊँ।
तीता मीठा वरपर कवै बात हुन्छन अनेक।
गीता रुपी अमृत रसमा हुन्न कैल्यै अनेक।
रीती स्थीती नितिनियममा हिड्न जस्ले सिकायो।
बिर्सी आफैं बिपरितभई सत्य जस्ले मिटायो।
होसै आयो कति दिनपछी ज्ञान आफैं पलायो।
आगोलागी सब पचिसकी कूप खन्ने बनायो।
जानी जानी छलबलगरी सत्यतानै भुलायौं।
आँखा ज्योती सब चिजहुँदै मोतिसारा गुमायौं।
जेभो भैगो अब सबमिली सत्यकेहो निहालौं।
आएकाती सुख दु:ख सबै एकसाथै मिलाऊँ।
राम्रो छ कविता गुरु, मलाई मन् परों…