सफल्ता।

टीका ढुङ्गाना
विन्ड्सोर, क्यानाडा

तिम्रो सपना, तिम्रै हातमा छ
तिम्रो भविष्य, तिम्रै साथमा छ
बाबा-आमालाई तिम्रो विस्वासनै छ
तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ।

अरू कसैको भरोसा नगर्नु,
तिम्रो भविष्य तिम्रै हातमा छ
खुसी हुने या दुखी हुने तिम्रै साथमा छ।
दु:ख कहिले त सुख कहिले
तर, जिन्दगी त निरन्तर जिउनु नै छ।
सपना हो जिन्दगी,
तर, बिपनामा बदलेर हेर
हार होस् या जित,
तर, जित, जित खोजेर त हेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *